काठमाडौ ८ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी छाडेर गएकाहरुलाई पार्टी एकता गर्न आग्रह गरेका छन् ।
बिहीबार कैलालीमा आयोजित कार्यक्रममा प्रचण्डले माओादी छाडेर गएका माओवादी द्धन्द्धकालमा आफ्ना सहकर्मीहरु बाबुराम भट्टराई , मोहन वैध र नेत्रविक्रम चन्द ‘विप्लव’लाई एक पटक फेरि पार्टी एकता गरी आग्रह गरेका हुन् ।
अब, बिल्कुल ढिलो नगरी अविलम्ब ध्रुवीकरणमा आउन प्रचण्डले आग्रह गरेका हुन् । सुदूरपश्चिमका जनताबाट सिक्न अपिल गरेका उनले भने , ‘ढिलो नगरी । अब, बिल्कुल ढिलो नगरी म वैद्यजी र वैद्यजीसँग रहनुभएका कमरेडहरू, विप्लवजी र विप्लवसँग रहनुभएका कमरेडहरू, बाबुराम र बाबुरामसँग रहनुभएका कमरेडहरूलाई अविलम्ब ध्रुवीकरणमा आउन आग्रह गर्दछु ।’
कार्यक्रममा प्रचण्डले कपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निरंकुश प्रवृत्ति परास्त गर्न पनि एकता आवश्यक भएको बताउँदै प्रचण्डले भने,नेकपा फुटेर तीनवटा भएको छ, एमाले फुटेर दुईवटा भएको छ’ ।
ओलीको ओली निरंकुश , भयानक अहंकार, सामाजिक फाँसीवादी प्रवृत्तिलाई आफुहरुले पुरै परास्त गरेर जानको लागि वाम एकता आवश्यक भएको बताएका छन् ।
अचम्मको प्रणाली भएको बताएका उनले ओली मलामी जाँदा पनि हाँस्दै नाच्दै जाने व्यक्ति भएको बताएका छन् । हामी मलामी जाँदा त रुदै रुदै जान्छौं ओली मलामी जाँदा पनि नाँच्दै जाने, हाँस्दै जाने । बाजा बजाउँदै जाने ।’