काठमाडौं ८ वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ६ वटा महानगर र उपमहानगर पालिकाको प्रमुख र उपप्रमुखको टुंगो वैशाख १० गते लगाउने भएको छ ।
बिहिबार सबेको सचिवालय बैठकमा मा प्रदेश कमिटीले सिफारिस गरेका उमेदवारहरूको बारेमा छलफल हुनुको साथै वैशाख १० गते बस्ने सचिवालय बैठकमा निणर्य गर्ने पार्टीका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जनाएका छन् ।
एमालेले महानगरपालिकामध्ये ललितपुमा हरिकृष्ण ब्यञ्जनकार, वीरगञ्जमा विजय सराबगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरको लागि सिफारिस गरिसकेको छ ।