गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ, बुटिकबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला घेरा हालेर नियन्त्रणमा लिइयो — OSNepal

गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ, बुटिकबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला घेरा हालेर नियन्त्रणमा लिइयो

LC (KTM) June 10, 2021 0

पोखरा-नेपाली काँग्रेसका नेता समेत रहेका गुण्डा नाइके गणेश लामा पक्राउ परेका छन् । उनी पोखराबाट पक्राउ परेको बताइएको छ । लामासहित ३ जनलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । निषेधाज्ञा उल्लंघन गरेको भनिएपनि राजनीतिक चलखेल गरेको आरोपमा लामालाई पक्राउ गरेको बताइएको छ ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची भएका बेला काठमाडौंबाट पोखरा आइपुगेका उनी लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए।

त्यसैले पनि राजनीतिक चलखेल गरेको आरोप लामा माथि लागेको बुझिएको छ । उनलाई पोखरा बुटिकबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला घेरा हालेर नियन्त्रणमा लिएको बताइएको छ । लामाको विगतमा ‘गुन्डा’को छवि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर