काठमाडौ ८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गलत थियो भनेर आइन्दा नबोल्न भन्दै पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
बिहिबार पार्टीको सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।
‘यदाकदा प्रतिनिधिसभा विघटन त गलत नै थियो भनेर सल्लाहकार परिषद्का कमरेडहरूले बोल्नुभएको पाएको छु, अब आइन्दा प्रतिनिधिसभा विघटन गलत थियो भनेर नबोल्ल्नु होला,” प्रतिनिधिसभा विघटन सही थियो र नै पार्टी अहिलेको अवस्थामा छ ।’ओलीले भने ।
यदि संसद विघटन नगरेको भए माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका भाइ, भतिज, छोरी, ज्वाइँ, सालासालीलाई नियुक्त दिँदादिँदै पार्टीको बदनाम हुने दावी समेत गरेका छन् ।
विघटन बिल्कुल जायज थियो, त्यही कारण आज एमाले यहाँ छ । नत्र प्रचण्ड-माधव जस्ताको कजमा गएर एमाले ध्वस्त भइसक्थ्यो ओलीले भने ।