ओलीलाई श्रीमतीले बिहान ४ बजे आएर थर्काएपछि... — OSNepal

ओलीलाई श्रीमतीले बिहान ४ बजे आएर थर्काएपछि…

LC (KTM) April 21, 2022 0

काठमाडौ ८ वैशाख । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावको बेला नखटिए कहिल्यै खटिने भन्दै आफु २ घण्टा सुत्ने गरेको बताएका छन् ।

पार्टीको पहिलो केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आज पनि आफु बिहान ४ बजे देखि ६ बजे सम्म सुतेको बताएका छन् ।

आफुहरु देश बनाउन लागि परेको बताएका उनले नेपालमा जिउँदा हावा पानी र जमिन भएकाले गरिबै हुन नसक्ने देश भएको जिकिर समेत गरेका छन् ।

‘२ बजे सम्म बैंठक त्यसपछि एउटा किताब पल्टाउँदा ४ बजेछ । श्रीमती आएर थर्काएपछि बल्ल घडी हेरेको ४ बजेछ त्यसपछि सुतेको ६ बजे बाहिर हल्लाखल्ला भयो त्यस पछि उठे ।’ ओलीले भने ।

सम्बोधनमा ओलीले एमालेको लागि कांग्रेस चुनौती नभएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर