काठमाडौ ८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी ले काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई टिकट दिने भएको छ ।
कलाकार श्रेष्ठको नाम लगभग पक्का नै भएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । तथापी , अन्तिम निणर्य भने हुन बाँकी रहेको छ ।
त्यसैगरी, ललितपुर महानगरपालिकामा भने दुई दावेदार देखिएका छन् । जिल्ला अध्यक्ष अष्ट महर्जन र माओवादी केन्द्र छोडेर राप्रपामा प्रवेश गरेकी हसिना शाक्यले मेयरको पदको दावेदारी हुन् । शुकबार सम्म निणर्य हुने बताइएको छ ।
त्यसैगरी , बुटबल उपमहानगरपालिकाको मेयरमा भने मृगेन्द्र शेरचनको नाम सिफारिस गरिएको छ ।