काठमाडौ ८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र सूर्य चिह्न सिध्याउँछु भनेर हिँड्नेहरूको थुतुनो अहिले जलेको बताएका छन् ।
हरेक कार्यक्रममा सत्ता गठवन्धनलाई तिखो शब्दले प्रहार गर्ने अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै यस्तो बताएका हुन् ।
‘एमालेको सूर्य सिध्याउँछु भनेर खान हिँडेकाहरूको थुतुनो जलेको छ’ उनले भने ।
आफुविरुद्ध १९ पृष्ठ लामो आरोपको पुलिन्दा अघि सारेको बताएका उनले नेकपाको एकता जोगाउन धेरै प्रयास गरेपनि असफल भएको पनि बताएका छन् ।
‘पार्टी अध्यक्ष, प्रधानमन्त्रीविरुद्ध फौजदारी आरोप सहितको १९ पृष्ठको अभियोगपत्र अगाडी वढाइयो, त्यसभित्र ठूलो षडयन्त्र गरियो । पार्टी एकताका लागि मैले को सँग कति सिट नहेरी, आफनो वहुमत जाओस तर अल्पमतमा वसेर काम गर्नुपर्छ, लिड गर्नुपर्छ भनेर संख्या आफु एक तिहाई कम हुने गरी पनि एकता गरेको हुँ । एकता एकीकरण वाध्यता थिएन, मेरो च्वाइस थियो,’ ओलीले भने ।