काठमाडौं ८ वैशाख । वैशाख ३० गते देशैभर एकै चरणमा हुने स्थानीय तह निर्वाचनको लागि सत्ता गठवन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ ।
आज बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठवन्धनको बैठकले निर्वाचन परिचालन तथा अनुगमन संन्यत्रको बैठकले साते प्रदेशमा वैशाख १८ गते देखि २२ गते सम्म देशभर चुनावी सभा गर्ने निणर्य गरेको हो ।
देशभरका ६ वटा महानगर र ११ उपमहानगरको सिट बाँडफाँडमा सहमति भएसँगै संयुक्त रुपमा चुनावी सभा गर्ने भएका हुन् ।