काठमाडौं ८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गलत थियो भनेर अब देखि नबोल्न भन्दै निर्देशन दिएका छन् ।
बिहिबार पार्टीको सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो निर्देशन दिएका हुन् ।
प्रतिनिधिसभा विघटन सही भएर नै पार्टी अहिलेको अवस्थामा रहेको बताएका ओलीले भने , ‘यदाकदा प्रतिनिधिसभा विघटन त गलत नै थियो भनेर सल्लाहकार परिषद्का कमरेडहरूले बोल्नुभएको पाएको छु, अब आइन्दा प्रतिनिधिसभा विघटन गलत थियो भनेर नबोल्ल्नु होला ।’
सम्बोधनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई व्यंग्य गर्दै ओलीले संसद विघटन भए प्रचण्डका भाइ, भतिज, छोरी, ज्वाइँ, सालासालीलाई नियुक्त दिँदादिँदै पार्टी नै बदनाम हुने जिकिर समेत गरे ।
त्यही विघटनले गर्दा एमाले मुख्य पार्टीका रूपमा रहेको ओलीको भनाई थियो ।