काठमाडौ ८ वैशाख । काठमाडौं महानगरपालिकाको मेयर पदको लागि सत्तारुढ दल नेपाली कांग्रेसले पाँच जनाको नाम सिफारिस गरेको छ ।
आज बिहिबार कांग्रेस काठमाडौं महानगर समितिले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि पाँच जनाको नाम सिफारिस गरेको हो ।
जसमा कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिजना सिंह, नेता प्रगतिमान रञ्जित नगर समिति सभापति नीलकाजी शाक्य, सचिव सुशासन वैद्यसहित वर्तमान नगर उपप्रमुख हरिप्रभा खड्गी नाम सिफारिस गरिएको छ ।
त्यसैगरी, कांग्रेस काठमाडौं महानगर समितिले उपप्रमुख पदमा पनि दुई जनाको नाम सिफारिस गरेको छ । जसमा सुशीला ढकाल र अम्बिका प्रधान शाक्यको नाम परेको छ ।