वीरगञ्ज । काठमाडौं ८ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि । वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेको विषयमा लोसपाले केहि नेताहरुले आपत्ती जनाएका छन् ।
लोसपाका जिल्ला उपाध्यक्षहरु कृष्ण पटेल, राजेश साह र देवानन्द यादव तथा महानगरपालिका समितिका अध्यक्ष ओमप्रकाश सर्राफले चुनावी तालमेलको विषयमा आपत्ती जनाएका हुन् ।
वीरगञ्जको मेयरको एमालेलाई उपमेयर लोसपाले लिने गरी भएको चुनावी तालमेल गलत भएको भन्दै नेताहरुले एमालेलाई मेयरको पद दिनु लगत भएको बताएका हुन् ।
एउटा व्यक्तिको स्वार्थपूर्तिका लागि पार्टीले नै आत्मसमर्पण गरेको बताएका
लोसपाका अशन्तुष्ट नेताहरुले वीरगञ्ज आफैले जित्न सक्ने दावी गर्दैै जिल्ला कार्यसमितिको बैठक नबसी र महानगरपालिका समितिसँग छलफल नै नगरी जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झाले समझदारी गलत भएको टिप्पणी गरेका छन् ।
पार्टीको सबल पक्षलाई बेवास्ता गरी यो निर्णयले पार्टीलाई क्षतविक्षत बनाउने उनीहरुको भनाइ रहेको छ ।