काठमाडौ ८ वैशाख । नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओावादी परित्याग गरेर नेकपा एमाले तिर गएका एमालेका सचिव लेखराज भट्ट बिच जम्काभेट भएको छ ।
धनगढी विमानस्थलको विशिष्ट कक्ष पुगेका प्रचण्ड र काठमाडौ आउन सोही विमान स्थलको सोही कक्षमा पुगेका भट्ट बिच बोलचाल भएन । तत्कालिन जनयुद्धताका प्रचण्डका विश्वासपात्र लेखराज भट्टले प्रचण्डलाई अभिवादनसम्म नगरेको माओवादी नेता–कार्यकर्ता बताएका छन् ।
विमानस्थल प्रचण्डलाई भने , प्रदेश इञ्चार्ज खगराज भट्ट स्वागत गरेका थिए । उनले भने यस्तो सामान्य घटनालाई गम्भिर रुपमा लिन नहुने बताएका छन् ।
प्रचण्ड भने विशिष्ट कक्षमा पुगेलगत्तै पत्रकार सम्मेलनमाअ व्यस्त भएका थिए । तत्कालिन नेकपा विभाजन भएपनि भट्ट एमालेतिर लागेका थिए ।