काठमाडौं ८ वैशाख । प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले देशको आर्थिक अवस्था सङ्कटको डिलमा पुगेको सत्यलाई सबैले स्वीकार गरिसकेको बताएका छन् ।
बैंकर शेरचनले सामाजिक सञ्जाल मार्फत देशको आर्थिक अवस्था सङ्कटको डिलमा पुगेको भन्दैं यसलाई सबैले स्वीकार गरिसकेको बताएका हुन् ।
बैंकर शेरचनले बैंकहरुले गरेको गाडी, मोटरसाइकल, सुन विलासिताका वस्तुको सामान लगायत चिनी, चकलेटदेखि ल्वाङ, मिनरल वाटर, मदिरा, भेनेगर, चुरोट, सुर्तिजन्य वस्तु, परफ्युम, कस्मेटिक सामान, काठका वस्तु लगायको आयातका लागि पनि प्रतीतपत्र खोल्न नपाउने गरी गरेको निणर्य स्वागत योग्य भएको पनि बताएका छन् ।
केहि ढिलै भएपनि सत्यसङ वाकिफ भएकोमा नीतिनिर्माताहरुलाई साधुवाद दिँदै विदेशी मुद्राको सन्चिती बढाउनको लागि आयातको कटौती सगैँ विदेशमा रहेका श्रमजीवी दाजुभाइ तथा दिदिबहिनीहरुसँग औपचारिक बाटोबाट रेमिटेन्स पठाउनको लागि सरकारबाटै धक नमानी अनुरोध गर्न समेत बैकर शेरचन आग्रह गरेका छन् ।
साथै, उनले यदि एनआरएनको भर परे भिरबाट गुल्टिने भन्दै एनआरएनको विरोध गरेका छन् । हुन्डी कारोबार रोकेर बढीभन्दा बढी रेमिटेन्सलाई बैंकिङ च्यानल मार्फत विदेशमा रहेका सबैलाई आग्रह गर्न सरकारलाई सचेत समेत बैकर शेरचनले गराएका छन् ।
चैतको पहिलो साता निक्षेप र कर्जा दुवै घटेको भएपनि चैत तेस्रो साता सम्म आइपुग्दा बैंकिङ प्रणालीमा निक्षेप संकलन सुस्त भएपछि कर्जा प्रवाह निकै बढेको छ ।