तिब्र गतिको लहरीले नियन्त्रण गुमाएपछि मोटरसाइकललाई दियो ठक्कर, दुई जनाको मृत्यु — OSNepal

तिब्र गतिको लहरीले नियन्त्रण गुमाएपछि मोटरसाइकललाई दियो ठक्कर, दुई जनाको मृत्यु

LC (KTM) April 21, 2022 0

काठमाडौं, ८ वैशाख –

रुपन्देहीको सियारी गाउँपालिका–२ कुट्टामा बुधबार बेलुकी मोटरसाइकल र लहरी ठोक्किदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय राम निवास बेलदार र पछाडी सवार ५० वर्षीय रामायण पासी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा भैरहवा स्थित भीम अस्पतालमा मृत्यु भएको हो ।

बेथरी–बेलबास सडकखण्डमा लु ७४ प ४४७९ नम्बरको मोटरसाइकल भारतिय नम्बरको लहरीमा हिजो बेलुकी सवा ८ बज ठोक्किएको थियो ।

लहरी चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय बेथरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर