दुखद खबर, तनहुँमा भैसीलाई पकाएको तातो कुँडोमा डुबेर दुई वर्षीया आरोहीको मृत्यु — OSNepal

दुखद खबर, तनहुँमा भैसीलाई पकाएको तातो कुँडोमा डुबेर दुई वर्षीया आरोहीको मृत्यु

LC (KTM) April 21, 2022 0

काठमाडौ । तनहुँमा तातो कुँडोमा डुबेर एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा भानु नगरपालिका–१२ रतनपुरकी दुई वर्षीया आरोही घर्ती रहेकी छिन् । उनको भैसीलाई पकाएको तातो कुँडोमा डुब्दा ज्यान गएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार कुँडोमा परेर गम्भीर घाइते भएकी आरोही घर्तीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा उनको मृत्यु भएको जनाइएको छ

यो पनि पढ्नुहोस् -बराह तालमा पूर्वाधार निर्माण :म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङस्थित बराह ताल संरक्षणका लागि पूर्वाधार निर्माण गरिएको छ ।

बराह तालको संरक्षण गरी पर्यटन विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण गरिएको हो । मालिका गाउँपालिका–७ बिमका वडाध्यक्ष रेशम जुग्जालीले बराह तालमा घेराबार, पैदलमार्ग र सार्वजनिक शौचालय निर्माण गरिएको जानकारी दिनुभयो । “बराह ताललाई धार्मिक र पर्यटकीय गन्तब्य बनाउने अभियानमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “पूवार्धार निर्माणसँगै धार्मिक महत्व र पर्यटकीय सम्भावनाको प्रचारप्रसारमा जोड दिएका छौँ ।”

मालिका गाउँपालिकाको रु १० लाख सहयोगमा ताल वरपर ढुङ्गा बिछ्याएर पदमार्ग र पर्खाल निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु तीन लाख बजेटबाट ताल परिसरमा सार्वजनिक शौचालय निर्माण गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष डेकप्रसाद फगामीले पदमार्ग र पर्खाल निर्माण भएपछि ताल आकर्षक बनेको बताउनुभयो । “प्रचारप्रसार नहुँदा बिम बराह ताल ओझेलमा परेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय चहलपहल बढ्न थालेको छ ।”

करिब ४५÷४५ मिटर लम्बाइ चौडाइ र तीन मिटरभन्दा बढी गहिरो ताल समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित छ । तालको पृष्ठभूमिमा धौलागिरि र गुर्जा हिमाल छन् । तालमा हिमालको छायाँ पर्दा मनमोहक दृष्य देखिन्छ । त्यहाँ रहेको जलबराहको थानमा पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । ताल गोलो आकारको छ । पर्खालले पाखोबाट तालमा आउने बाढी र भल तर्काउन सघाएको छ । भलबाढीले तालको गहिराइ र क्षेत्रफल घट्दै गएको थियो ।

ताल परिसरमा बगैँचा निर्माणका लागि युवाले फूलका बिरुवा रोपेका छन् । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि बिम, बिमवाङ हुँदै धार्मिक पर्यटकीयस्थल मालिका धुरी जोड्ने सडक सुगुरथलासम्म जोडिएको छ । यो सडकबाट एक मिनेट पैदलयात्रा गरेपछि तालमा पुग्न सकिन्छ । बेनी–टोड्के–मालिका–बराह ताल हुँदै धौलागिरि आधार शिविर जोड्ने पदमार्ग सञ्चालन, तालको संरक्षण, पर्यटकको सुविधाका लागि होमस्टे सञ्चालन र प्रचारप्रसारका लागि एकीकृत योजना बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर