जनकपुरधाम ७ वैशाख । जनकपुरधामको मेयर जनता समाजवादी पार्टी ९जसपा० ले लिने सहमतिमा नेपाली कांग्रेसले नै आपत्ती जनाएको छ ।
बुधबार बसेको सत्ता गठवन्धनको बैठकले जनकपुरधामको मेयर जसपालाई दिएपछि मधेश प्रदेशसँग पार्टी सभापति शेरबहादुर देउवाले विभेद गरेको भन्दै नगर समिति सभापति आपत्ती जनाएका हुन् ।
यो निणर्य गठवन्धनले तत्काल सच्याउन समेत चेतावी दिएका छन् । यदि नसच्चाए कडा कदम उठाउन पनि आफुहर तयार भएको बताएका छन् ।
यसैगरी,नेपालगञ्ज उपमहानगरपालिकाका मेयर कांग्रेसले पाएपछि जसपाले त्यहाँ आपत्ती जनाएको छ ।