काठमाडौं ७ वैशाख । नेपालगञ्ज उपमहानगरपालिकाको मेयर नेपाली कांग्रेसले पाउने भएको छ । बुधरबार बसेको सत्ता गठवन्धनको बैठकले नेपालगञ्जको मेयर काग्रेसलाई दिन सहमति जनाएको छ ।
त्यसैगरी, बैठकले ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसलाई दिन सहमति जनाएको छ । जसमा धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी रहेका छन् ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिका पाएको छ भने , एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ ।
त्यसैगरी, सत्ता गठवन्धनले ६ वटा महानगरपालिकाको भागवण्डाको बुधबार नै टुंगो लगाएको छ ।
सबै महानगर र उपमहानगरपालिकाको नेतृत्व भागवण्डाको सहमति भएसँगै उक्त सहमतिपत्रमा बुधबार हस्ताक्षर हुने बताइएको छ ।