काठमाडौं ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजजिक गरेको छ।
बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिंदेनले निवार्चन घोषणापत्र सार्वजनिक गरेका हुन् ।
साथै १२ कक्षा सम्म निस्शुल्क, शिक्षा, सार्वजनिक स्थलमा फ्री वाइफाइ, ज्येष्ठ नागरिकलाई निशुल्क धार्मिक यात्रा, स्थानीय करको दरमा ५० प्रतिशतसम्म कटौती, गाईभैंसीलाई सुत्केरी भत्ता लगायतका विषयलाई समेत राप्रपाले समेटेको छ ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीले शिक्षा, स्वास्थ, कृषि , भौतिक पुर्वाधार बिकास निमार्ण लगायत स्थानीय साधनश्रोत पसरचालन र रोजगारी सृजना लगायतका राष्ट्रियषियलाई उच्च प्राथमिकता दिनेछ भने भ्रष्टाचारमा शुन्य सहनशीलताको निति अवलम्बन गर्नेछ ।’