काठमाडौं ७ वैशाख । निर्वाचनको मिति नजिकिँदै गर्दा सबैको आँखा भने काठमाडौंमा गएको छ । यस पटकको काठमाडौंको मयेर को बन्ला सबैको कहुतुहलको विषयमा बनेको छ ।
सत्ता गठवन्धनमा काठमाडौै कांग्रेसलाई दिने सहमति भएपछि कांग्रेसले यस पटक काठमाडौ महानगरपालिकाको मेयरमा सिर्जना सिंहको नाम सिफारिस गर्ने लगभग पक्का भइसकेको छ ।
यता, प्रमुख प्रतिपक्षल दल नेकपा एमालेले भने काठमाडौ महानगरपालिकाको मेयरमा व्यवसायी सुरज बैद्यलाई उठाउने तयारी गरेको बुझिएको छ । अहिले काठमाडौंका मेयर एमालेका विद्यासुन्दर शाक्य रहेका छन् ।
व्यापारिक पृष्ठभूमिका व्यक्ति भएकोले वैधलाई मेयमा उठाउँदा पार्टीको हित हुने भन्दै अध्यक्ष केपी शर्मा ओलीले वैधलाई मेयरमा उठाउने स्रोतको दावी छ । वैध ओलीका विश्वास पात्र समेत रहेका छन् ।