काठमाडौं नेकपा एमालेसँग चुनावी तालमेल गरेसँगै कमल थापा नेतृत्वको राप्रपा नेपालले दुई महानगरपालिका र दुई उपमहानगरपालिकाको उपमेयरमा दाबी गर्न भएको छ ।
स्रोतले दिएको जानकारी अनुसार राप्रपाले काठमाडौं र वीरगन्ज महानगर तथा नेपालगन्ज र हेटौँडा उपमहानगरको उपमेयरमा दाबी गर्ने भएको छ ।
एमालेको मेयर रहेको काठमाडौंमा यस भन्दा अघि राप्रपा उपमेयरमा उठेको थियो । अहिले यही वैशाख ३० गते स्थानीयत तह निर्वाचनमा राप्रपाले काठमाडौंसहित वीरगन्ज, हेटौँडा र नेपालगन्जको उपमेयरमा दावी गर्ने भएको हो ।
निर्वाचनको लागि राप्रपा र एमाले बिच आ–आफ्नै प्रभावका आधारमा चुनावी तालमेलबारे पाँचबुँदे सहमति भएको थियो ।