काठमाडौ ७ वैशाख । हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्ता गठवन्धनको सहमतिमा नेकपा एकीकृत समाजवादीका दुई जना दावेदार देखा परेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्तारुढ गठबन्धनमा हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा एसका मेयरको उम्मेदवारमा श्रीधर पोखरेल र मीना लामाको सम्भावना देखिएको छ ।
हाल उपमेयरमा रहेकी लामाको कामका आधारमा पार्टीको भोट समेत बढ(ाउन मेयरको उम्मेदवार बन्नुपर्ने उनी पक्षीय नेताहरुले भन्दै आएका छन् ।
मकवानपुर जिल्ला अध्यक्ष समेत रहेका पोखरेल कांग्रेस मतदाताको विश्वास जित्ने र एमालेको भोट काट्न पनि मेयरेको उम्मेदवार बन्नुपर्ने उनी पक्षीय नेताहरुको भनाइ रहेको छ ।
तथापी , पार्टीको निणर्य आफुलाई मान्य हुने लामा र पोखरेले बताएका छन् ।