जनता समाजवादीको निर्वाचन घोषणा पत्र सार्वजनिक : महिला बिशेषका रोगहरूको उपचार निशुल्क गरिने — OSNepal

जनता समाजवादीको निर्वाचन घोषणा पत्र सार्वजनिक : महिला बिशेषका रोगहरूको उपचार निशुल्क गरिने

LC (KTM) April 20, 2022 0

काठमाडौ ७ वैशाख । जनता समाजवादी पार्टी जसपाले स्थानीयत तह निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

जारी घोषणा पत्रमा मानवीय श्रोत नै देशको सवभन्दा ठूलो सम्पदा र तुलनात्मक लाभको क्षेत्र हुनाले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी दक्ष र उद्यमशील जनशक्ति निर्माण गर्ने उल्लेख गरिएको छ ।

एकात्मक तथा केन्द्रीकृत राज्यले सृजना गरेका सबै प्रकारका विभेद, असमानता र
अल्पविकासलाई अन्त्य गर्दै समतामुलक समाजको निर्माण गर्न वित्तिय संघीयता, शक्तिको
निक्षेपण, समानुपातिकता,समावेसीता र सहभागीताका सिद्धान्त, मर्म र भावनालाई आत्मसात
गर्न अनिवार्य हुने जारी घोषणा पत्रमा उल्लेख गरिएको छ ।

पहिचानमा आधारित संघीयता र बहुभाषिक तथा बहुसँस्कृतिवादमा आधारित
राज्य निर्माण गर्ने पार्टीको अभिष्ट, यसका लागि भएका ऐतिहासिक जनसंघर्ष र बलिदानलाई
पार्टीले उच्च महत्वका साथ स्मरण र चर्चा गरिने छ ।

दलित,अल्पसंख्यक, शारीरिक अपाङ्गताभएका व्यक्तिले उत्पादनमूलक तथा रोजगारीमूलक
उद्यम गर्न चाहेमा लिएको रू १ करोड सम्मको ऋणको ब्याजमा ५ प्रतिशत भन्दा माथिको ब्याजअनुदान दिइने छ ।

महिला बिशेषका रोगहरू पाठेघर, स्तनक्यान्सर, पाठेघर खस्ने, पिसाव चुहिने, लगायतको उपचार निशुल्क गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर