ओखलढुंगामा पनि कांग्रेस र माओवादीको गठवन्धन , बाहिरियो एकीकृत समाजवादी र जसपा — OSNepal

ओखलढुंगामा पनि कांग्रेस र माओवादीको गठवन्धन , बाहिरियो एकीकृत समाजवादी र जसपा

LC (KTM) April 20, 2022 0

ओखलढुंगा७ वैशाख । ओखलढुंगामा पनि नेपाली कांग्रेस र माओवादी केन्द्रले गठवन्धन गर्ने भएको छ । स्थानीय तह निर्वाचनको लागि माअ‍ोवदाी र कांग्रेसको भागवण्डाको सहमति भएको हो , भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भने बाहिरिएका छन् ।

नेकपा एस र जसपालाई थाहै नदिई माओवादी र कांग्रेसले रातारात गठवन्धन गरेको बुझिएको छ । भागवण्डामा भएको सहमति अनुसार ८ स्थानीय तह भएको ओखलढुंगामा कांग्रेसले तीनवटामा प्रमुख, उपप्रमुखसहित नेतृत्व लिने भएको छ भने माओवादीले एक स्थानीय तहमा प्रमुख र तीनवटामा उपप्रमुख लिने भएको बताइएको छ ।

जसमा जिल्लाको खिजिदेम्बा, सुनकोशी र मानेभञ्ज्याङ्ग गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष नै नेपाली कांग्रेसले पाएको छ । त्यसैगरी सहमति अनुसार चिशंखुगढी गाउँपालिकाको नेतृत्व मोलुङ र चम्पादेवी गाउँपालिका र सिद्धिचण नगरपालिकामा उपप्रमुख पाउने भएको छ ।

तर, पनि ओखलढुंगाको माओवादी उद्गम स्थल भनेर चिनिने लिखु गाउँपालिकामा भने दुवै पक्षबाट दावी परेको छ । जसको निणर्य गर् अब केन्द्रलाई दिने समेत सहमत भएको बताइएको छ ।

यदि गठवन्धनको सहमतिमा नेकपा एस र जसपा आए एक एक स्थानमा उपप्रमुख पद दिन सकिने कांग्रेस र माओवादीले जनाएको छ । यता नेकपा एसले भने गठवन्धन नभए एक्लै लड्ने भन्दै आएको छ ।

त्यसैगरी, जसपाले भने आफ्नो दावीलाई वेवस्ता गर्दे भएको गठवन्धन मान्य नहुने भन्दै ओखलढुंगामा गटवन्धन बन्ने सम्भावना कम रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर