काठमाडौ ७ वैशाख । शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभा हल निर्माणलगायत कार्यक्रममा बजेट नथप्ने भएको छ ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने जानकारी दिएकी हुन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यु टावर र सभाहल निर्माणको कार्यक्रमबाट अलग्गिने बताएकी मन्त्र झाँक्रीले राज्यको असीमित दायित्व सिर्जना हुने यस्ता संररचनाले जनजीवनसँग अर्थ नराख्ने बताएकी छन् ।
मन्त्रालयले अहिले बनाइरहेका ३२ वटा सभाहल भने प्राथमिकताका साथ निर्माण सम्पन्न गनेृ पनि उनले बताएकी छन् ।
साथै मन्त्रालय एकीकृत बस्ती विकास कार्यक्रमबाट पछि हट्ने भन्दै भनेकी छन्, ‘पहाडी र हिमाली क्षेत्रमा यो कार्यक्रम प्रभावकारी देखिएन । तराई र काठमाडौं उपत्यका क्षेत्रमा जग्गाको अभाव छ ।’