काठमाडौ ६ वैशाख । अन्तत लामो अडान पछि नेकपा एकिकृत समाजावादी पार्टीले पोखरा महानगरपालिकाको मेयर पाएको छ ।
नेपाली कांग्रेस र नेकसा एस विच पोखरा महानगरलाई लिएर चर्को विवाद परेको थियो । आज मलबार बालुवाटारमा बसेको सत्ता गठवन्धनको बैठकले यसको टुंग्गो लगाएको हो ।
पोखराको मेयर नेकपा यसले पाउँदा माओवादीले आफ्नै क्षेत्र भरतपुर पाएको छ । त्यसैगरी,जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरमा मेयर पाउने भएको छ । पोखराको महानगरलाई लिएर पोखरमा कांग्रेस नेकपा एसको गटवन्धने टुट्ने संघारमा पुगेको थियो ।
आफ्नो अडान नछाडेको नेकपा एसले पोखराको मेयर पाउँदा पोखरामा कांग्रेसको भने च्याप्टर क्लोज दने भएको छ । तर, कास्कीका कांग्रेसका नेताहरु भने पोखराको दावी नछाड्ने भन्दै आएका छन् ।