राउटे समुदायका चेलीहरुलाई होटलमा लैजानेलाई कडा कारवाहीको ​माग गर्दै चालियो यस्तो कदम, के कारवाही होला ? — OSNepal

राउटे समुदायका चेलीहरुलाई होटलमा लैजानेलाई कडा कारवाहीको ​माग गर्दै चालियो यस्तो कदम, के कारवाही होला ?

LC (KTM) June 10, 2021 0

अखिल नेपाल महिला सङ्घले सुर्खेत जिल्लामा राउटे युवतीमाथि भएको यौन अपराधका घटनामा संलग्नलाई कारवाही गर्दै पीडितलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेको छ ।

सङ्घका सहसंयोजक थममाया थापाले आज विज्ञप्ति जारी गर्दै नेपाल अन्तरराष्ट्रिय मानवाधिकार र महिला अधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्रसमेत भएकाले लोपोन्मुख समुदायको मानवाधिकारको रक्षा गर्नुपर्ने माग गर्नुभएको छ ।

‘यो समुदायका नागरिकहरुलाई सुरक्षित स्थानमा व्यवस्थित बसोबास गराई संरक्षण दिनसमेत नेपाल सरकारको सम्बन्धित निकायलाई अखिल नेपाल महिला संघ हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर