मुगु : मेयरको उम्मेदवार बन्न दर्जन काँग्रेसी नेता दौडमा, कसले पाउलान् टिकट ? — OSNepal

मुगु : मेयरको उम्मेदवार बन्न दर्जन काँग्रेसी नेता दौडमा, कसले पाउलान् टिकट ?

LC (KTM) April 19, 2022 0

नृपेन्द्र बहादुर मल्ल / मुगु -स्थानिय निर्वाचनको मिती नजिकिएसंगै मुगु जिल्लाको एक मात्र  ‘छायानाथ रारा नगरपालिका’ को मेयरको उम्मेदवार बन्न काँग्रेसबाट दर्जन नेताले आकांक्षा देखाएका छन । नगरप्रमुखको उम्मेदवार बन्नका लागी दावी गर्नेहरुमा वर्तमान वहालवाल जनप्रतिनिधी,निजामती,कर्मचारी,पाटीका विभिन्न पदमा रहेका नेता कार्यकर्ता देखि काँगे्रसमा आश्थावान समाजसेवी,सामाजिक अभियान्ता समेत रहेका छन ।

मुगु जिल्लामा रहेका चारवटा स्थानिय तहहरु मध्य २०७४ सालमा भएको पहिलो स्थानिय तह निर्वाचनमा एक नगपालिका सहित २ गाँउपालिका प्रमुख काँगे्रसका उम्मेदवारहरुले जितेका थिए ।विगतमा काँग्रेसले जितेको,केन्द्रमा काँग्रेसकै नेतृत्वमा सरकार भएको,सशक्त विपक्ष पाटी एमाले टुक्रीएको र यही बेला काँगे्रस,माओवादी,एकिकृत समाजवादी,विच गठबन्दन भएकाले करिव करिव गठबन्धनका उम्मेदवार जित्ने सम्भावना प्रवल देखिएकाले छायाँनाथ रारा नगरपालिकाको नगरप्रमुखको उम्मेदवारमा दावी गर्र्नेहरुको संख्या बढेको सहजै अनुमान गर्न सकिन्छ ।

जब की २०७४ को निर्वाचनमा नगरप्रमुखको उम्मेदावार बन्न काँगे्रसबाट ३ जना मात्र आकांंक्षि थिए । त्यो बेला मुगुमा एमाले शसक्त प्रतिस्प्रधि थियो । हाल बहालबाला नगरप्रमुख हरिजंग शाही दोसो्र पटक नगरप्रमुखको उम्मेदवार बन्न आफु ईच्छुक रहेको बताउनु हुन्छ उहाँ भन्नुहुन्छ असहज परिस्थितीमा म नगरप्रमुख भएको हु । नगरसभामा बहुमत नहुदा सधै अवरोधका विच काम गर्नु प¥यो ।

मलाई मार्न अज्ञात समुहले निबासमै बम हाने,सबै नगरसभामा विपक्षहरुले सभाहलमा ताला लगाउने,सभामा खुसार्नी छर्ने,कुर्चि भाच्ने सम्म हर्कद गरे यतीसम्मकी एमालेबाट निर्वाचित प्रदेश सांसद दानसिंग परियार समेत नगरसभामा ढुन्गा हान्न र अवरोध गर्न आए । त्यसैले मैले गरेका विकासका काम सबै पुरा भएका छैनन,अहिले सहज वातावरणमा दजनौ उम्मेदवार हुनु भन्दा पुन मलाई नै नगरप्रमुखको उम्मेदवार बनाएरु अधुरा रहेका विकासका मेरा काम अघि बढाउन पाटीले सहयोग गरोस भन्ने म पाटीलाई आग्रह गर्दछु ।

नगरप्रमुखको उम्मेदवार बन्न नगरपालिकाको वडा नं ४ मा हाल वहालवाला वडा अध्यक्ष वडा अध्यक्ष विष्न कुमार भामले पनि ईच्छा देखाउनु भएको छ । जिल्लामा रहेका ४५ वडाहरु मध्य भाम तिनै वडाअध्यक्ष हुन जस्ले आफनो कार्यकालमा सरकारबाट प्राप्त सेवा सुविधा सबै आफनो व्यक्तिगत काममा खर्च नगरेर सामाजिक काममा खर्च गरे । भाम भन्छन मेरो सेवाको वानी देखेर जनताले यो चोटी नगरप्रमुख हुनुपर्ने दवाव समेत दिएका छन ।

काँग्रेस महासमिती सदस्य तथा महिला नेतृ सुर्यदेवी मल्ल,नेपाली काँगे्रस मुगु निवर्तमान उपसभापती तथा जनआन्दोलन २ का घाईते नेता खगेन्द्र बहादुर मल्ल,काँगे्रस प्रदेश क उपसभापती सिंह बहादुर मल्ल,महासमिती प्रतिनिधी ऐन बहादुर हमाल,जय बहादुर हितान र मुगु काँगेस पाटी सचिव लोकेन्द्र बहादुर मल्लले पनि नगरप्रमुखको उम्मेदवार बन्न बलियो दावी गरिरहनु भएको छ ।

यस्तै नेपाल निजामती कर्मचारी युुनियन केन्द्रिय समितीका उपाध्यक्ष कृष्ण बहादुर सेजुवालले पनि नगरप्रमुखको उम्मेदवारका लागी नगरसमितीमा आफनो दावी पेश गर्नु भएको छ । उहाँ भन्नुहुन्छ नगरपालिका चलाउनु भनेको विगतमा गाविस,जिविस चलाए जस्तो छैन यो तिन तहका सरकारहरु मध्यको एक सरकार हो । सरकार चलाउनु चानचुने कुरा छैन त्यसमा पनि नगरपालिका, नगरपालिका चलाउनु प्रशानिक,प्राविधिक,लेखा,कानुन,सुरक्षा सम्वन्धि ज्ञान भएको हुनुपर्छ त्यो सबै हेर्दा आफु काँगे्रसबाट उपयुक्त उम्मेदवार भएको ठान्छु ।

मुगु जिल्लाका विकट बस्तिहरु सहकारी मार्फत पुगी वित्तिय साक्षरताका साथै गरिव,निमुखा जनतालाई आर्थिक अधिकार र पहुचमा पु¥याउन सफल सहकारी अभियान्ता भुपेन्द्र बहादुर मल्ल आफु पनि काँगे्रसबाट नगरप्रमुखको उम्मेदवार बन्ने दौडमा रहेको बताउनु हुन्छ । नगरक्षेत्र भित्रका ८० प्रतिशत युवा आफनो साथमा रहेको दावी गर्ने मल्ल पाटीले आफुलाई उम्मेदवार बनाएरमा नगरबासीलाई वित्तिय सक्षम बनाउन कृषि,पशुपालन,जटिवुटी,फलफुल खेती र व्यापारमा जोड दिने,वित्तिय अनुशासन कायम गर्ने योजनाका साथै कार्यक्षमता भएको बताउनु हुन्छ ।

महासमिती प्रतिनिधी एवं पुर्व पाटी उपसभापती पदम रावल,नेपाल निजामती कर्मचारी युनियन मुगुका वर्तमान अध्यक्ष पशुपती शाहीले पनि नगरप्रमुखमा उम्मेदार बन्न दावी गर्नु भएको छ । उम्मेदवार बन्न दावी पेश गर्नेहरुको नामावली सुची,उनीहरुको अवस्था र सम्भावना बारे उल्लेख गरेर काँगे्रसको विधानले दिएको अधिकार क्षेत्र भित्र रहेर प्रदेश समितीमा सिफारिस पेश गर्ने नेपाली काँगे्रस छायाँनाथ रारा नगरपालिका कार्य समितीका सचिव अंक बहादुर बुढा बताउनु हुन्छ ।

काँगे्रस मुगु सभापती ऐन बहादुर शाही विशाल,पुरानो पाटीमा नेतृत्वका लागी आकांक्षि बढनु स्वभाविकै भएको छ सबै सक्षम व्यक्ति भएकाले सक्षम मध्यबाट एक जना उम्मेदवार हुने भएकाले पाटीले नगरपालिका चलाउन सक्ने,पाटीको साख बढाउने,सर्वमान्य नेतृत्व,जनताले सुचाएको,काँगे्रसमा विगत देखि वर्तमानसम्म कर्मठरुपमा खटिएको सबै हेरेर कणाली प्रदेशमा समितीमा सिफारिस गरिने बताउनु हुन्छ ।

नेपाली काँगे्रसको शुभेच्छिुक सस्था तथा लोकतन्त्र प्रति आस्थावान पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन मुगुका अध्यक्ष विनोद कुमार मल्ल पाटीले निश्चित मापदण्ड बनाएर उम्मेदवार छनौट गर्नुपर्ने सुझाव दिनुहुन्छ ।

पाटीमा कृयाशिलता,पाटी,भातृ संगठन,शुभेच्छुक सस्थामा रहेर पाटीको हित हुने काम गरेको,पाटीलाई आर्थिक,भौतिक,सामाजिक रुपमा सहयोग गरेको,प्रशासनिक,प्राविधिक,कानुन र लेखा सम्वन्धि ज्ञान भएको,पाटीबाट विगतमा उम्मेदवार भै लाभको पद नलिएको,विपक्षसंग तर्क संगत यथार्थ बहस गर्न सक्ने क्षमता भएको,निडर,स्पष्ट स्वभाव भएको,विगतका विभिन्न चुनावमा काँगे्रसलाई जिताउन लागी परेको,विपक्ष उम्मेदवारसंग साँटगाट नगरेको,चन्दा नदिएको हुनुपर्ने र विभिन्न आन्दोलनमा सक्रिय सहभागी भएका जस्ता विषय मापदण्डमा समेटनु पर्ने पनि अध्यक्ष मल्ल भन्नुहुन्छ ।

यस्तै नगरपालिकाको उपप्रमुखको उम्मेदवार बन्न ४ जना महिला नेतृले दावी गर्नु भएको छ । दावी गर्नेहरुमा जिल्ला कार्य समितीकी सदस्य ऐश्वर्या मल्ल,खुम्यानी विक,रमाईली रावल र ईश्वरमती रावल रहेको पनि नगर समितीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर