रुपन्देही । बुधवार राती शंकास्पद मृत्यु भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकी नगर भेटेरिनरी लाइनकी २९ वर्षीया अमृता टण्डन (खत्री) को माइती पक्षले आज पनि विरोध प्रदर्शन जारी राखेका छन् ।
अमृताका माइती पक्ष तथा आफन्तले परिवारबाटै हत्या भएको भन्दै कारबाहीको माग गर्दै बिहीबारदेखि कारबाही माग गर्दै उनको घरअगाडि प्रदर्शन गरिरहँदा सो क्षेत्र तनावग्रस्त बनेको छ ।
विरोध प्रदर्शनमा सम्भावित दुर्घटना रोक्नका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । बुधवार जानकी नगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ । हेर्नुस मिला पत्र –