काठमाडौ ६ वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफुहरु विद्रोह गरेर जन्मेकाले आफ्नो पार्टीलाई अलिकति पनि अपमान सह्य नहुने बताएका छन् ।
मंगलबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता तथा घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफुहरु अपमान सहनको लागि जन्मेको नभइ विद्रोह गरेर जन्मेको बताएकाहुन् । उनले भने, ‘हामी अपमान सहनका लागि जन्मेका होइनौं ।हामी विद्रोह गरेर जन्मेका छौं ।’
आफुहरुलाई आफ्नो शक्ति र समामर्थ्यमा विश्वास भएको दावी गरेका उनले भने , ‘हामीले आफ्नो शक्तिको मूल्याङ्कन पनि गर्नुहुँदैन ।’
साथै, स्थानीय तह निर्वाचनको विषयमा चुनावी तालमेल गर्न गाह्रो भएको समेत जनाएका छन् । सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दै, अरुको शक्तिको अवमूल्यन गर्दै हिडेको उनको भनाइ रहेको छ ।