काठमाडौं ६ वैशाख । भागवण्डाको विषयमा छलफल गर्न सत्ता गठवन्धनको बैठक सुरु भएको छ । एक घण्टा ढिलो सुरु भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा महानगर उपमहानगर भागवण्डाको विषयमा निणर्य गर्न गठवन्धनको बैठक सुरु भएको हो ।
सोमबार दूई पटक बसेको बैठकमा पनि आ आफ्नो अडानले दलले नछाडेपछि बैठक निष्कर्षविहिन सकिएको थियो ।
आज मंगलबार पनि बिहान साढे ११ बजे बस्ने भनिएको बैठक २ बजेलाई सारिएको थियो । तर पनि बैठक भने एक घण्टा पछि सुरु भएको हो ।