काठमाडौ ६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनका आफ्ना जिल्ला सभापतिलाई भरतपुर माओवादीलाई दिनुपर्ने भन्दै निणर्य बदल्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएका देउवाले चितवनका जिल्ला सभापतिलाई जिल्ला तहको निर्णय बदल्न आग्रह गरेका हुन् ।
तर, जवाफमा चितवन जिल्ला सभापति राजेश्वर खनालले भने अहिले आफुहरु निणर्य सच्याउने अवस्थामा नभएको बताएका छन् ।
जिल्लाको निणर्य सच्याउन नसक्ने बताएका उनले केन्द्रबाटै निर्णय गर्न स्वतन्त्र रहेको भन्दै तर जिल्लाले विद्रोह गर्न सक्ने चेतावनी समेत दिएका छन् ।