काठमाडौं ६ वैशाख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार नेविसंघको स्थापना दिवसमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको भएपछि यो टुट्न दिन नहुने देउवाको भनाइ थियो । ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ, तर गठबन्धन तोड्न हुन्न।’सम्बोधनमा देउवाले आफु प्रधानमन्त्री र पार्टी सभापति भइसकेकाले अब हुने नयाँ पुस्ताको पालो भएको पनि बताएका छन् ।
‘म प्रधानमन्त्री भइसके अब तपाईहरु हुनुस् भोलि’ देउवाले भने । साथै उनले नेविसंघका नेताहरूलाईअब्बल हुन निर्देशन दिँदै देउवाले अब देश नेविसंघको हातमा आइसकेकाले देश हाक्ने तयारी गर्न समेत भनेका छन् ।
उनले भने, ‘असमझदारी हुन्छ । एकआपसमा मनमुटाव हुन्छ । त्यसलाई बिर्सिनुपर्यो नि । चुनाव हारेको भोलिपल्ट त्यसलाई बिर्सिहाल्नुपर्यो । हार स्वीकार्दैनन कहाँबाट हुन्छ ।’