काठमाडौ ६ वैशाख । स्थानीय तहको निर्वाचनमा तोकिएको समउमा नै हुने बताएका छन् । आयोगका प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले निर्वाचन तोकिएकै समय हुने बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन तोकिएको समयमा नहुने भन्दै चुनाव सार्ने षडयन्त्र भइरहेको भन्ने अभिव्यक्ति दिएपछि आयोगले निर्वाचन हुने बताएका हुन् ।
निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्’निर्वाचन निर्धारित मितिमै हुन्छ भन्दै मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयुक्त थपलियाले भने, ‘निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ ।’
सोमबार एमालेले केन्द्रीय सचिवालयको बैठकमा सत्तागठवन्धनका दलहरुले चुनाव सार्न षडयन्त्र गरिएको निष्कर्ष निकालेको थियो ।