पोखरा ६ वैशाख । नेपाली कांग्रेसका कास्कीका नेताहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौं बोलाएका छन् ।
स्थानीय तह निर्वाचनको लागि पोखरा महानगरको मेयरमा सरकारमा सहभागी नेकपा एकिकृत समाजवादी पार्टीले दावी गरेको छ । भने कास्कीका कांग्रेसका नेताहरु भने कास्की नछाड्ने भन्दै आएका छन् ।
महानगर प्रमुखको विषयमा कुरा मनिल्दा देउवाले कांग्रेसका नेता हरुलाई काठमाडौं बोलाएका हुन् । गठवन्धनलाई लिएर निर्वाचनमा जानु पर्ने भन्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाको यो निणर्य प्रति पार्टी भित्रै नै मतभेद रहेको देखिएको छ ।
कांग्रेसका जिल्ला सचिवद्वय भानु ढकाल र देवेन्द्र रानाभाटले नेकपा एकीकृत समाजवादीसँग सहमतिको सम्भावना सकिएको भन्दै संयुक्त विज्ञप्ति सार्वजनिक गरेपछि गठवन्धनमा नै चर्चा विषय बनेको छ ।
लगत्तै कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले अर्को विज्ञप्ति जारी गर्दै सचिवद्वयले जारी गरेको विज्ञप्ति आधिकारिक नभएको स्पष्ट पारेका थिए ।
कास्कीमा पोखरा महानगरपालिकासहित पाँच पालिका रहेका छन् । जसमा कांग्रेसले आफ्नो दावी गरिरहेको छ ।