अभिनेता पल शाह प्रकरणमा नयाँ ट्विष्ट आएको छ । हिजो आफुलाई जवरजस्ती करणी गरेको भनेर उजुरी दिने पीडित नाबालिगले अब बयान फेरे संगै घटनाले अन्तिम समयमा आएर नयाँ मोड लिएको छ । यसैबीच नाबालिग गायिकामाथि अभिनेता पल शाहले बलात्कार गरेको घटनाका साक्षी मानिएका तथा यस काण्डका मास्टर माइन्ड मानिएका गायक दुर्गेश थापालाई जिल्ला अदालत तनहुँले बोलाएको छ।
अदालतमा हिजो देखी नै बकपत्रको काम भइरहेको छ । पीडित गायिका, जाहेरवाला उनका बाबु र अन्य साक्षीहरु सहित सँग जिल्ला अदालत तनहुँमा बकपत्र चलिरहेको हो । एकाएक बयान फेरिए पछि थप साक्षीको रुपमा रहेका नाबालिग गायिकाको पक्षमा उभिएका गायक थापालाई बकपत्रका लागि तनहुँ अदालतले बोलाएको हो।
अदालतले बकपत्रका लागि बोलाएपछि दुर्गेश आजै तनहुँ तर्फ प्रस्थान गरेका छन्। पीडित भनिएकी नाबालिगले नै बकपत्रमा आफुलाई बलात्कार नभएको बताए पछि सबै आश्चर्यमा परेका छन् ।