काठमाडौं, ५ वैशाख – नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ ।
पार्टी अध्यक्ष केपी केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो ।
बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।
एमालेले वैशाख ९ गते चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दैछ । त्यस्तै बैठकमा महानगर र उपमहानगरपालिका सहित स्थानीय तहका उम्मेदवारका विषयमा पनि छलफल हुने जनाइएको छ ।