दुबइबाट कुवेत हुँदै काठमाडौं आएका कैलालीका यी पुरुष त्रिभुवन विमानस्थलबाटै समातिए, साथमा ल्याएका थिए यस्तो सामान — OSNepal

दुबइबाट कुवेत हुँदै काठमाडौं आएका कैलालीका यी पुरुष त्रिभुवन विमानस्थलबाटै समातिए, साथमा ल्याएका थिए यस्तो सामान

LC (KTM) April 18, 2022 0

काठमाडौं ५ वैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४० ग्राम सुन, मोबाइल र ल्‍यापटपसहित एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलारी गाउँपालिका-८ घर भएका भागदेव कठरिया थारु रहेका छन् ।

सोमबार जजिरन एयरको विमानबाट दुबइबाट कुवेत हुँदै काठमाडौं आएका कठरियालाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट उक्त समानसहित पक्राउ गरेको हो ।

प्रहरीले निजको साथबाट ४० ग्राम सुनको लकेट, एप्पलको म्‍याक बुक प्रो एमआई १४ तथा आइफोन १३ प्रो म्‍याक्स र आइफोन ११ प्रो म्‍याक्स फोन गरी करिब १० लाख ४ हजार ८०० मूल्‍य बराबरको सामान बरामद गरेको छ ।

पक्राउ परेका निजमाथि थप अनुशन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर