सोलुखुम्बु ५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेल विरुद्ध एक्लै जान नसकेकाले गठवन्धन गरेको आरोप लगाएका छन् ।
बालुवाटारमा दिनहुँ छलफल गरे पनि सत्ता गठवन्धनले केहि लछारपाटो लगान नसकेको बताएका ओलीले भने, ‘एमाले विरुद्ध एक्लै जान नसकेर गठबन्धन गरेको बताउँछ, दिनहुँ छलफल पनि गर्छन्, तर लछारपाटो अन्तिममा उस्तै हो,’।
जति छलफल गरेर गठवन्धन गरे पनि चुनावमा एमालेसँग चुनाव लड्ने क्षमता नभएको ओलीले दावी गरेका छन् ।
केही संविधान विरोधी चुनाव सार्न लागि परेको समेत खुलासा गरेका ओलीले गठवन्धनलाई भने , एमालेविरुद्ध बालुवाटारमा ओथारो बसिरहेका छन् रे, तर फुल पार्न सकेका छैनन् भन्ने सुन्छु ।’
संविधानविरोधीसँग एमालेले एक्लै प्रतिकार गर्न तयार भएको ओलीले बताए ।