काठमाडौं, ५ वैशाख -गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) पुनर्गठन अभियाका नेता आनन्दराम फुयाल नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । उनले समाजवादी क्रान्तिको कार्यभार माओवादीमा आबद्ध भएर पूरा गर्ने प्रतिबद्धता जनाए । माओवादी केन्द्रलाई जनताबीचमा लोकप्रिय दल बनाउने उनको प्रतिवद्धता छ ।
नेता फुयाल नेकपा एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता हुँदा असन्तुष्ट भएका थिए । त्यसपछि किराँती नेतृत्वमा रहेर माओवादी केन्द्र पुनर्गठन अभियान सञ्चालन गरेका थिए ।
माओवादीमा प्रवेश भएका नेताहरूलाई उचित जिम्मेवारी दिने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए ।