काठमाडौं ५ वैशाख । महानगर र उपमहानगरको भागवण्डाको विषयलाई टुंगोमा लगाउन फेरि सत्ता गठवन्धन दलको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
सोमबार बिहान बसेको बैठक विना निष्कर्ष सकिएपछि फेरि सहमतिको लागि भन्दै सत्तागठबन्धन दलका शीर्ष नेताहरु निर्वाचन तयारी, परिचालन र अनुगमन समिति संन्यत्रका नेताहरु सहित बैठक सुरु भएको. हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले तिन वटा महानगर र माओवादी केन्द्र, एकीकृतसमाजवादी र जनता समाजवादीलाई एउटा एउटा महानगरको नेतृत्व दिने गरी गठवन्धनमा छलफल भइरहेको जानकारी गराएका थिए ।
तर कुन महानगर कसलाई दिने भन्ने निष्कर्ष आज साँझ सम्म टुंंगो लाग्ने बताएका थिए ।
प्राप्त जानकारी अनुसार कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर, माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जसपालार्य वीरगनज महानगरपालिका दिने बताइएको छ ।
निकट स्रोतले दिएको जानकारी अनुसार आज साँझ सम्म भागवण्डाको विषयमा टुंगो ालग्ने बुझिएको छ ।