काठमाडौ ५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले वाम लोकतान्त्रिक गठबन्धन र दक्षिणपन्थी गठबन्धनमध्ये एउटा रोज्नुपर्ने बताएका छन् ।
आसन्न स्थानीय तह निर्वाचनमा २ वटा गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने बताएका प्रचण्डले सत्तारुढ ५ दलको वाम-लोकतान्त्रिक गठबन्धन र एमाले होलीवाइन राजामहाराजाहरूको गठबन्धन मध्ये जनता एक रोज्नुपर्ने बताएका हुन् ।
सोमबार पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् ।
‘हाम्रो गठबन्धन लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी र अग्रगामी शक्तिहरूको गठबन्धन हो । एमालेले अहिले होली वाइन, हिन्दूवादी र राजामहाराजा मान्नेहरूसँग गठबन्धन गरेको छ । जनताले वाम लोकतान्त्रिक गठबन्धन र दक्षिणपन्थी गठबन्धनमध्ये एउटा रोज्नुपर्छ’, प्रचण्डले भने ।
आवश्यकता अनुसार नै महानगर र उपमहानगरको भागवण्डा गर्ने बताएका उनले गठवन्धनमा कुनै समस्या नभएको समेत स्पष्ट पारेका छन् ।
यो पनि …
‘एउटै पार्टीमा त एउटा पक्षले टिकट पाएन भने विद्रोह गर्छु भन्ने हुन्छ,अलग दलबीच भएको गठबन्धनमा फरक आवाज आउनु स्वाभाविक हो’
काठमाडौ ५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महानगर भागवण्डाको करिब नजिक पुगिसकेको बताएका छन् ।
सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसले तिन , माओवादी , एकिकृत साजवादी र जसपाले १ – १ महानगर पाउने गरी सहमतिको नजिक पुगेको बताएका हुन् ।
कांग्रेसले ३, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले एकरएक महानगर लिने लाइनमा नै छलफल भएको छ,“सम्भवत यही लाइनमा आज साँझसम्म सहमति हुन्छ ।” पत्रकार सम्मेलनमा प्रचण्डले बताए ।
कांग्रेसको स्थानीयस्तरबाट केन्द्रको सहमति नमान्ने भन्दै आएको आवाजलाई स्वभाविक मान्नुपर्ने बताएका प्रचण्डले गठबन्धनमा कुनै समस्या नभएको जानकारी गराएका छन् ।
‘एउटै पार्टीमा त एउटा पक्षले टिकट पाएन भने विद्रोह गर्छु भन्ने हुन्छ भने, यहाँ त अलग दलबीच गठबन्धन भएको छ । त्यस्तो आवाज आउनु स्वाभाविक हो । गठबन्धन भएपछि विस्तारै यसलाई पार्टीहरुको र जनसमर्थन पनि प्राप्त हुँदै जान्छ ।’ प्रचण्डले भने ।