'एउटै पार्टीमा त एउटा पक्षले टिकट पाएन भने विद्रोह गर्छु भन्ने हुन्छ,अलग दलबीच भएको गठबन्धनमा फरक आवाज आउनु स्वाभाविक हो' — OSNepal

‘एउटै पार्टीमा त एउटा पक्षले टिकट पाएन भने विद्रोह गर्छु भन्ने हुन्छ,अलग दलबीच भएको गठबन्धनमा फरक आवाज आउनु स्वाभाविक हो’

LC (KTM) April 18, 2022 0

काठमाडौ ५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महानगर भागवण्डाको करिब नजिक पुगिसकेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसले तिन , माओवादी , एकिकृत साजवादी र जसपाले १ – १ महानगर पाउने गरी सहमतिको नजिक पुगेको बताएका हुन् ।

‘कांग्रेसले ३, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले एकरएक महानगर लिने लाइनमा नै छलफल भएको छ,सम्भवत यही लाइनमा आज साँझसम्म सहमति हुन्छ ।’ पत्रकार सम्मेलनमा प्रचण्डले बताए ।

कांग्रेसको स्थानीयस्तरबाट केन्द्रको सहमति नमान्ने भन्दै आएको आवाजलाई स्वभाविक मान्नुपर्ने बताएका प्रचण्डले गठबन्धनमा कुनै समस्या नभएको जानकारी गराएका छन् ।

‘एउटै पार्टीमा त एउटा पक्षले टिकट पाएन भने विद्रोह गर्छु भन्ने हुन्छ भने, यहाँ त अलग दलबीच गठबन्धन भएको छ । त्यस्तो आवाज आउनु स्वाभाविक हो । गठबन्धन भएपछि विस्तारै यसलाई पार्टीहरुको र जनसमर्थन पनि प्राप्त हुँदै जान्छ ।’ प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर