काठमाडौं ५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री फेर्ने सम्भावना नरहेको बताएका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मा फेर्ने विषयमा कुनै छलफल नै नभएको बताउँदै कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।
माओवादी केन्द्रका नेता जर्नादन शर्माको पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारीको निलम्बनको विषयलाई चौतफी आलोचना भइरहेको छ ।
यो पनि …
म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु ,निर्वाचन कुनै पनि हालतमा सर्दैन प्रचण्ड
काठमाडौं ५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् ।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका हुन् । निर्वाचनको दिन बिहान पनि निर्वाचन सर्छ हरे नि भन्ने विचित्रको संस्कार हामी कहाँ बनेको बताएका प्रचण्डले भने, ‘निर्वाचन सर्दैन वैशाख ३० मै हुन्छ। निर्वाचन कुनै पनि हालतमा सर्दैन। म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु।’
निर्वाचन नजिकिँदै गर्दा महानगर र उपमहानगर भागबण्डा नमिल्दा विवाद बढेको छ । भोली मंगलबार सम्म भागवण्डाको विषय पनि टुंगो लाग्ने बताएका छन् ।