काठमाडौं ५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् ।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका हुन् ।
निर्वाचनको दिन बिहान पनि निर्वाचन सर्छ हरे नि भन्ने विचित्रको संस्कार हामी कहाँ बनेको बताएका प्रचण्डले भने, ‘निर्वाचन सर्दैन वैशाख ३० मै हुन्छ,निर्वाचन कुनै पनि हालतमा सर्दैन। म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु।’
निर्वाचन नजिकिँदै गर्दा महानगर र उपमहानगर भागबण्डा नमिल्दा विवाद बढेको छ । भोली मंगलबार सम्म भागवण्डाको विषय पनि टुंगो लाग्ने बताएका छन् ।