काठमाडौं ५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको मेयर आफुहरुलाई चाहिने भनेर दावी नगरेको बताएका छन् ।
पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यस विषयमा स्पष्ट पारेका हुन् । ‘भरतपुर नै नभई भएन रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन, गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले पाउने नै हो भन्ने मात्र हो’ प्रचण्डले भने ।
आफुहरुलाई काठमाडौं , विराटनगर जुन दिए नी हुने बताएका उनले भरतपुर र रेनु दाहालमा आफूले अडान स्पष्ट पारेका छन् ।
विगतमा माओवादीले भरतपुर जितेको हुनाले भरतपुर नै लिँदा राम्रो हुने पत्रकार सम्मेलनमा प्रचण्डले बताए ।