निर्वाचन सम्पन्न गर्न कञ्चनपुरमा एक हजार ८०० कर्मचारी आवश्यक — OSNepal

निर्वाचन सम्पन्न गर्न कञ्चनपुरमा एक हजार ८०० कर्मचारी आवश्यक

LC (KTM) April 18, 2022 0

महेन्द्रनगर, ५ वैशाख -आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कञ्चनपुरमा एक हजार ८०० कर्मचारी आवश्यक पर्ने देखिएको छ । निर्वाचन सम्पन्न गर्न आवश्यक कर्मचारीको विवरण सङ्कलनका साथै छलफलमा जुटेको निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।“निर्वाचनका लागि आवश्यक पर्ने जनशक्तिका लागि छलफल भइरहेको छ”, जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले भन्नुभयो, “निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीलाई तालिम÷प्रशिक्षण दिइसकेका छौँ ।”

त्यसैगरी आगामी बिहीबारभित्र यहाँको भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी आठ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी निर्वाचन कार्यालयको छ ।

“निर्वाचन अधिकृतको कार्यालय नौ वटै पालिकामा रहन्छ”, प्रमुख जोशीले भन्नुभयो, “निर्वाचनसम्बन्धी सबैखाले तयारीमा हामी जुटेका छौँ ।” दुई लाख ९५ हजार ३५४ मतदाता रहेको कञ्चनपुरमा निर्वाचनका लागि ३४१ मतदान केन्द्र र १३२ मतदानस्थल तोकिएको छ ।यहाँ निर्वाचनका लागि सुरक्षा निकायले निर्वाचन सुरक्षा लक्षित योजना ल्याउन आन्तरिक गृहकार्य थालिसकेका छन् । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा यहाँका नौमध्ये पाँच पालिकामा नेकपा एमाले र दुई÷दुई पालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र विजयी भएका थिए ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर