काठमाडौ ५ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीइत तह निर्वाचनमा हारे हारौंला एक्लै अघि बढ्नुस् भन्दै निर्देशन दिएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा आफनो निर्वाचन क्षेत्रका कांग्रेस नेता कार्यकर्तालाई निर्देशन दिँदे महामन्त्री थापाले सत्ता गठवन्धन विरुद्ध यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘नेपाली कांग्रेस पार्टीको कोही पनि तालमेलको पक्षमा हुनुन्न । बरु निर्वाचनमा हारे हारौंला हारजित हुन्छ तपाईंहरू त्यहीअनुसार अघि बढ्नुस्’, थापाले भने ।
केन्द्रको घोषणा पत्र नकुर्न निर्देशन दिएका थापाले विस्तृत कार्ययोजनासहित कार्यतालिका बनाएर अघि बढ्नुस् । सक्नुहुन्छ उम्मेदवार टुंगो गरिहाल्न समेत भनेका छन् ।
गठवन्धनको विरुद्धमा खरो रुपमा अभिव्यक्ति दिने गरेका थापा वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कांग्रेस एक्लेले लड्नु पर्ने भन्दै आएका छन् ।
‘निर्वाचन पछाडि आफ्नो बहुमत नपुग्दा कसैसँग मिलेर सरकार बनाउने भन्ने संसदीय व्यवस्था अनुसार स्वाभाविक हुन्छ, तर निर्वाचनभन्दा पहिले नै तालमेल गरेर चुनावमा जित्नको लागि जाने भन्ने कुरा हाम्रो लागि स्वाभाविक कुरा होइन,’ थापाले भने ।