पोखरा ५ वैशाख । स्थानीय तह निर्वाचनको लागि भागवण्डाको विषयमा छलफल गर्न बसेको सत्ता गठवन्धनको बैठक विना निष्कर्ष सकिएको छ ।
बैठकमा जनता समाजवादी पार्टीले आफुले सम्मानजनक सिट नपाएको भन्दै विरोध जनाएपछि बैठक विना निष्कर्ष सकिएको हो । आफ्नो दललाई सम्मानजनक प्रस्ताव नआए चुनाव एक्ले लड्ने बैंठकमा सहभागी जसपाका एक नेताले बताएका छन् ।
बैठक फेरि दिउँसो १ बजे बस्ने भएको छ । यता सरकारमा सहभागी माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीले पनि पोखर महानगर आफुलाई चाहिने दावी गर्दै आएको छ ।