काठमाडौं ५ वैशाख । नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि देशका ६ वटै महानगरपालिकाको नेतृत्वका लागि उम्मेदवार सिफारिस गरेको छ ।
६ वटा महानगर मध्ये ३ वटा सर्वसहमतिका आधारमा र अन्य ३ वटा महानगरमा भने आकांक्षीहरुका वीचमै केन्द्रले आपसी सहमतिका आधारमा छिनोफानो लगाउने गरी उम्मेदवारको सिफारिस गरेको बताइएको छ ।
सर्वसहमतिका आधारमा एमालेले चितवनको भरतपुर, ललितपुरको ललितपुर महानगर र पर्साको वीरगञ्ज महानगरपालिकामा उम्मेदवार सिफारिस गरेको हो । अन्य तिन स्थानमा भने आकाक्षीहरुको नाम राखेरै सिफारिस गरिएको छ ।
यता सत्ता गठवन्धनमा भने कुन दलले कुन महानगर पाउने विषले निष्कर्ष पाउन सकेको छैन ।
कुन महानगरमा कसको नाम सिफारिस:
काठमाडौं महानगर
मेयर : संघीय सांसद रामवीर मानन्धर, मेयर विद्यासुन्दर शाक्य, पूर्वमेयर केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्त
उपमेयर : सांसद रत्ना गुरुङ, पेम्बा लामा, मीना काफ्ले
ललितपुर महानगर
मेयर : हरिकृष्ण व्यञ्जनकार
उपमेयर : मञ्जली शाक्य
पोखरा महानगर
मेयर : दर्शन लामा, दीपकबहादुर पौडेल, कृष्णबहादुर थापा, राजीव पहारी, रश्मि आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, सावित्री भण्डारी, बिखकल्याण पराजुली, बालकृष्ण काउछामगर र पुष्पराज अधिकारी
उपमेयर : विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र वामदेव ढुंगाना
चितवन महानगर
मेयर : विजय सुवेदी
उपमेयर : टुंगिन बाँकी
वीरगन्ज महानगर
मेयर : विजय सराबगी
उपमेयर : टुंगिन बाँकी
विराटनगर महानगर
मेयर : रामलाल साह, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराई
उपमेयर : शिल्पा कार्की, विमला घिमिरे दाहाल, अञ्जु उपाध्याय ‘शिला’