काठमाडौ ५ वैशाख । सत्ता गठवन्धन दलका शिर्ष नेताहरु सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
बैंठकमा यही वैशाख ३० सम्पन्न हुने स्थानीय तह निर्वाचनको लागि गठवन्धनमा पालिका भागवण्डाको विषयमा छलफल हुने बताइएको छ । आइतबार बसेको बैठकमा सबैले आ आफ्नो दावी गरेपछि बैठक आजका लागि बस्ने भन्दै सकिएको थियो ।
आइतबारको बैठकका नेकपा (माओवादी केन्द्र)ले चितवनको भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव गरेका थिए ।
आजको बैठक भने महानगर र उपमहानगरपालिकाहरूको भागबण्डाको विषयमा निष्कर्षमा पुग्ने बताइएको छ ।